काठमाडौं । एनआईसी एशिया बैंकले ४ लाख कित्ता संस्थापक शेयर विक्रीमा गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय ७५ रुपैयाँ तोकेको बैंकले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने संख्यामा वा अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनी अथवा अन्य जो कोही संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी साउन १८ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लाजिम्पाट काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।