images
images

शेयर बजारको उत्साह टिकेन, २६ अंकले घट्दा ४ अर्ब ६७ करोडको कारोबार 


  • 285
    SHARES
  • २०८० श्रावण ८ गते सोमबार

    शेयर बजारको उत्साह टिकेन, २६ अंकले घट्दा ४ अर्ब ६७ करोडको कारोबार 

    काठमाडौं । शेयर बजारको उत्साह टिक्न सकेन् । आइतबार ६३ अंकले बढेको बन्द भएको बजार आज सोमबार पुन घटेर बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.६६ अंकले घटेर २ हजार २ सय दशमलव ५० विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका २ सय ६५ स्क्रिपको ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको २ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्से घटेपनि कारोबार रकम भने बढेर बन्द भएको छ । आइतबार ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। 

    सोमबार ४२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ७० कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मुल्य स्थिर छ । आज सवैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २५ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोवल आइएमई बैंकको १९ करोड १६ लाख, प्रभु बैंकको १५ करोड १९ लाख, शिबम् सिमेन्टको १३ करोड ३९ लाख र कुमारी बैंकको १३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    त्यस्तै, आज कारोबारमा आएको १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा किसान लघुवित्त रहेको छ । त्यस्तै, नेपाल पुनर्वीमा कम्पनीको ५.९६ प्रतिशत, त्यसैगरी, यस दिन एनआईबिएल ग्रोथ फण्ड र लिबर्टी इनर्जीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।


    images
    images

    Logo