images
images

मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा उत्साह, ६३ अंकले बढ्यो नेप्से 


  • 343
    SHARES
  • २०८० श्रावण ७ गते आइतबार

    मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा उत्साह, ६३ अंकले बढ्यो नेप्से 

    काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सर्वाजनिक गरेसँगै नेप्से बढ्न पुगेको हो। 

    मौद्रिक नीति सार्वजनिक हुनु अघिसम्म २० अंक बढेको बजार, सार्वजनिक भएपश्चात ६३ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसुचक ६३.२४ अंकले बढेर २ हजार २ सय २७ दशमलव २४ विन्दुमा पुगेको छ ।  मौद्रिक नीतिले शेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने व्यवस्था गरेसँगै यस दिन बजार बढ्न पुगेको हो।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। आज कारोबारमा आएका २ सय ६६ स्क्रिपको ४ अर्ब ३७ करोड रुपैयाँ बराबरको १२ करोड कित्ता शेयर किनबेच भएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४।९८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

    आज कारोबारमा आएका १ सय ९९ कम्पनीको शेयर मूल्य बढेको छ । १६ कम्पनीको शेयर मूल्य घटेको छ । १ कम्पनीको शेयर मूल्य स्थिर छ ।  आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १२ कोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आइतबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन सकारात्मक सर्किट लाग्नेमा किसान लघुवित्त, चन्द्रागिरी हिल्स र लिबर्टी इनर्जी रहेका छन् । त्यसैगरी, यस दिन स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिञ्चोक दर्शको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

     

     

     

     

     

     


    images
    images

    Logo