काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले प्रिमियममा स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने समय थप गरिएको हो ।
कम्पनीको आईपीओमा अब साउन १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले कुल ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता १ सय १६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको छ। जसमध्ये कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं। १३, १४, २६ र २७ ९साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७० का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।



