images
images

सातामा ७९ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?


  • 335
    SHARES
  • २०८० श्रावण ६ गते शनिबार

    सातामा ७९ अंकले बढ्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से ७८.९९ अंक बढेर २ हजार १ सय ६३ दशमलव ९२ विन्दुमा पुगेको छ। साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार सकारात्मक भएर बन्द भएसँगै नेप्सेले सो अंक कमाएको हो। यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको थियो। 

    नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि साढे ३ प्रतिशतभन्दा बढी बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ६४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब १५ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ। 

    सातको पहिलो दिन आइतबार १२.१५ अंकले बढेर २ हजार ९७ दशमलव ९ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । साताको दोसो दिन सोमबार ४६.०६ अंकले बढेर २ हजार १ सय ४४ दशमलव १६ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, मंगलबार ९.९० अंकले बढेर २ हजार १ सय ५४ दशमलव ७ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने बुधबार ११.१७ अंकले बढेर २ हजार १ सय ६५ दशमलव २४ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर कारोबारभ एको थियो । 

    साताको अन्तिम दिन विहीबार १.३१ अंकले घटेर २ हजार १ सय ६३ दशमलव ९२ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो । 

    १३ उपसमूहमध्ये यस साता होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १२.५१ प्रतिशत बढेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.०६ प्रतिशत अर्थात ३.६८ अंक घटेको छ। अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४१४.१८ अंक बढेको छ। 

    यस साता ५ स्टकको १० करोड २१ लाख २७ हजार ७ सय ८६ कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता तीन कम्पनीको बोनस शेयर, एक म्युचुअल फण्ड र एक मर्जरपश्चातको शेयर नेप्सेमा सूचीकृत भएको हो।


    images
    images

    Logo