images
images

यस साता ५ कम्पनीको १० करोड बढी कित्ता शेयर सूचीकृत, कुनको कति ?


  • 3.8K
    SHARES
  • २०८० श्रावण ६ गते शनिबार

    यस साता ५ कम्पनीको १० करोड बढी कित्ता शेयर सूचीकृत, कुनको कति ?

    काठमाडौं । यो साता ५ कम्पनीको १० करोड २१ लाख २७ हजार ७ सय ८७ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म विभिन्न ५ कम्पनीको सो शेयर नेप्सेमा, सुचीकृत भएको हो । 

    त्यस्तै,  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड ३ को गत असार ३१ गते सबैभन्दा बढी कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ८ करोड ५ लाख ८० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    त्यस्तै, साविकको अजोड इन्स्योरेन्स र युनाईटेड इन्स्योरेन्सको मर्जपश्चातको युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट गत असार ३१ गते १ करोड ९० लाख ४५ हजार कित्ता शेयर सूचीकृत भएर कारोबारमा आएको छ ।

    यो साता नेप्सेमा किसान लघुवित्त, हिमालयन लघुवित्त र अरुण काबेलीको बोनस शेयर सुचीकृत भएको हो । यस्तै, किसान लघुवित्तको  ३ लाख २९ हजार र हिमालयन लघुवित्तको ३ लाख १६ हजार बढी कित्ता बोनस शेयर सूचीकृत भएको छ । यसका साथै अरुण काबेलीको १८ लाख ५५ हजार बढी कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

    S.N Company Name Listing
    1 Siddhartha Investment Growth Scheme 3  80580000
    2 Kisan Laghubitta Bittiya Sanstha 329959
    3 United Ajod Insurance Limite 19045680
    4 Arun Kabeli Power Limited 1855211
    5 Himalayan Laghubitta Bittiya Sanstha 316936
      Total  102127786


    images
    images

    Logo