images
images

लक्ष्मी भ्यालु फण्ड–२ को इकाईमा आजदेखि आवेदन दिन सकिने


  • 402
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    लक्ष्मी भ्यालु फण्ड–२ को इकाईमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले आजदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘लक्ष्मी भ्यालु फण्ड २ ’ नामक बन्दमुखी म्युचुअल फण्ड बिक्री खुल्ला गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

    क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणको लागि  बिक्री खुल्ला गरेको छ ।

    सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो। उक्त फण्डको इकाईमासाउन ५ गते अथात् आजदेखिदेखि साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा पर्याप्त आवेदन नपरेको खण्डमा साउन १९ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

     


    images
    images

    Logo