images
images

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 545
    SHARES
  • २०८० श्रावण ५ गते शुक्रबार

    अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

    सो आईपीओमा अब साउन ५ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीले कुल ५ करोड ९ लाख ८० हजार ४ सय रुपैयाँ बराबरको ५ लाख ९ हजार ८ सय ४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ । 

    जसमध्ये २ लाख ५४ हजार ९ सय २ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं ३ का बासीहरुको लागि छुट्याइएको भने बाँकी रहेको सम्पूर्ण दैलेख जिल्लाबासीहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखिअधिकतममा २५ हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo