काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । बिहीबार नेप्सेले मूल्यमा प्रभाव पार्ने गरी सूचना जारी गरेको भन्दै कारोबार रोक्का गरेको हो ।
धितोपत्र सूचीकरण विनियमावली अनुसार धितोपत्रको मूल्य प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।
तर कम्पनीले त्यस्तो सूचना कम्पनीले समयमा जानकारी नगराएपछि नेप्सेले स्पष्टिकरण माग्दै शेयर कारोबार रोक्का गरेको हो । साथै, नेप्सेले कम्पनीलाई तीन दिन भित्र के कति कारणले समयमै जानकारी दिन नसकेको हो सो को स्पष्टिकरण पेश गर्न समेत निर्देशन दिएको छ ।