काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तोकिएको छ । कम्पनीले सर्वसाधारणका निष्काशन गरेको आइपीओ साउन ७ गते आइतबार बाँडफाँड हुने भएको छ । आइपीओ बाँडफाँडको विहान ९ बजे हुने भएको विक्री प्रबन्धकले जनाएको छ ।
सो आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुने कम्पनीले जनाएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गते सर्बसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो।
साे कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म ११ लाख ८ हजार २ सय ३२ जना आवेदकले १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका हुन् ।
जसमा १० हजार १ सय १५ जनाले आईपीओ पाउने भएका छन् । बाँकी १० लाख ९८ हजार १ सय १७ जनाको भने हात खाली हुनेछ । कम्पनीले असार २६ गतेदेखि १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८ सय ६८ कित्ता सेयर निष्कासन खुला गरेको हो ।
यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १ सय ८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अथात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २ हजार ४ सय ३७ कित्ता कर्मचारीलाई छुट्याइएको थियो ।
बाँकी १ लाख १ हजार १ सय ५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।



