images
images

हथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि, प्रतिकित्ता ५० रुपैयाँ मात्र


  • 1.3K
    SHARES
  • २०८० श्रावण ४ गते बिहीबार

    हथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखि, प्रतिकित्ता ५० रुपैयाँ मात्र

    काठमाडौं । हथवे इन्भेष्टमेन्टको आईपीओ आजदेखिदेखि निष्काशन हुने भएको छ । कम्पनीले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका दरले २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ  । जसमा १ करोड ४६ लाख २५ हजार रुपैयाँ रहरको २ लाख ९२ हजार ५ सय कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो । 

    त्यस्तै कम्पनीले कर्मचारीहरुका लागि ५८ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४६ हजार २ सय ५० कित्ता छुट्याई। बाँकी रहेको २४ लाख २७ हजार ७ सय ५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । 

    उक्त आईपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सो आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।


    images
    images

    Logo