images
images

माथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि, क-कस्ले दिने आवेदन ?


  • 496
    SHARES
  • २०८० श्रावण ४ गते बिहीबार

    माथिल्लो मैलुङ खोलाको आईपीओ आजदेखि, क-कस्ले दिने आवेदन ?

    काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ । जसमध्ये ५ लाख ७१ हजार ४ सय ३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई छुट्याइएको छ  भने २ लाख ८५ हजार ७ सय २० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं। ५ मा बसोबास गर्ने स्थिानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८ सय ५० कित्ता शेयर बाँडफाँट गरिनेछ।

    साथै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये  १ लाख ५० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने भएको छ ।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। स्थानिय बासिन्दाहरुका लागि यस्तो निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा भदौ १ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo