काठमाडौं । बुधबार नेप्से परिसुचक बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.१७ अंकले बढेर २ हजार १ सय ६५ दशमलव २५ विन्दुमा पुगेको छ ।
बुधबार कारोबारमा आएका २ सय ६० स्क्रिपको ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको ८६ लाख ७४ करोड कित्ता शेयर किनबेच भएको छ । नेप्से बढेपनि यस दिन कारोबार रकम भने सामान्य घटेको छ।
यस दिन १३ उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक २.३१ प्रतिशत बढेको छ। यी दुई उपसमूहका परिसूचक उच्च दरमा बढे छ । यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.९६ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका ७३ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ३१ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विपिडव्लु लघुवित्त रहेको छ । त्यसैगरी, यस दिन विशाल बजार कम्पनीको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने युनाइटेड अजोड इन्स्योरेन्स र बोटलर्स नेपाल तराईको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईबिएल समृद्धि फण्ड २ को इकाईमूल्य सर्वाधिक ९.६४ प्रतिशत घटेको छ।



