images
images

९ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब नाघ्यो 


  • 440
    SHARES
  • २०८० श्रावण २ गते मंगलबार

    ९ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब नाघ्यो 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९‍.९१ अंकले बढेर २ हजार १ सय ५४ दशमलव ७ विन्दुमा पुगेको छ । सोमबार कारोबारमा आएका २ सय ५५ स्क्रिपको ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको ८५ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४५ प्रतिशत घटेको छ।

    आइतबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएको ८७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर छ ।  

    आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्तको शेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १५ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    सोमबार कारोबारमा आएको एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विपिडव्लु लघुवित्त रहेको छ । यस्तै, युनाइटेड अजोड इस्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन शुभम् पावर र युनिलिभर नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सानिमा लर्ज क्याप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ५.१४ प्रतिशत घटेको छ।


    images
    images

    Logo