images
images

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 749
    SHARES
  • २०८० श्रावण २ गते मंगलबार

    मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब साउन १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

    कम्पनीले कुल ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। जसका लागि दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं।५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं।४ र कालिञ्चोक गाउँपालिका वडा नं। ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।

     


    images
    images

    Logo