काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन नै नेप्से ४७ अंकले बढेको छ । गत आर्थिक वर्षको अन्तिम दिन २०९७.०९ विन्दुमा रहेको नेप्से सोमबार बढेर २१४४.१६ विन्दुमा पुगेको हो । आज बजारमा २ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोवार भएको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्थासँगै बैंक तथा वित्तीय संस्थाले व्याजदर घटाउँदा यसको प्रत्यक्ष प्रभाव बजारमा परेको हो । सोमबारदेखि लागू हुनेगरि अधिकांश बैंकहरुले व्याजदर घटाएका छन् । अहिले बैंकिङ प्रणालीमा ३ खर्ब भन्दा बढी अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज कारोवारमा आएका २१७ कम्पनीहरुमध्ये २०० वटाको शेयरमूल्य बढेको छ । १३ वटाको मूल्य घट्दा ४ वटाको मूल्य स्थिर रहेको छ । बजारमा उच्च वृद्धिका बावजुद आज सकारात्मक सर्किट लाग्ने कम्पनीको संख्या भने कम छ । बीपीडब्लू लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढ्दा आज यूनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेका छन् ।



