images
images

सन नेपाल लाइफको आईपीओ आजदेखि


  • 491
    SHARES
  • २०८० श्रावण १ गते सोमबार

    सन नेपाल लाइफको आईपीओ आजदेखि

    काठमाडौं । सन नेपाल लाइफको आईपीओ आजदेखि  निष्काशन हुने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

     ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।  जसमध्ये ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । 

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा साउन १५ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । 

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।


    images
    images

    Logo