काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर नेप्सेमा सुचीकृत भएको छ । यूनाइटेड अजोड इन्स्योरेन्स १ करोड ९० लाख ४५ हजार ६ सय ८० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
साविकको यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १ः०.८२५० अनुपातमा कायम हुन आएको प्रति शेयर अकिंत तथा चुक्ता मूल्य १ सय को दरमा १ करोड ९० लाख ४५ हजार ६ सय ८० कित्ता यूनाइटेड अजोड इन्स्योरेन्सको नाममा सुचीकृत भएको हो ।
नेप्सेले पहिलो कारोबारको लागि ४ सय ८९ रुपैयाँ ४९ पैसा ओपनिङ रेञ्ज तोकेको छ। सो कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नेको लागि योग्य भएको छ ।