images
images

चालु आर्थिक बर्षको अन्तिम कारोबार दिन १२ अंकले बढ्यो नेप्से 


  • 411
    SHARES
  • २०८० आषाढ ३१ गते आइतबार

    चालु आर्थिक बर्षको अन्तिम कारोबार दिन १२ अंकले बढ्यो नेप्से 

    काठमाडौं ।  आर्थिक वर्ष २०७९/८० को अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१६ अंकले बढेर २ हजार ९७ दशमलव ९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ८६ स्क्रिको २ अर्ब ३७ करोड रुपैयाँ बराबरको ७१ लाख ८४ हजार कित्ता शेयर किनबेच भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ। अन्य ६ उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्यूत, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको अन्तिम कारोबार दिन ३ अर्बभन्दा बढीको कारोबार भएको थियो । आइतबार कारोबारमा आएका ९३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनी स्थिर छ । 

    आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ९ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सन्राइज फोकस्ट इक्विटी फण्ड रहेको छ । त्यस्तै, एनआईबीएल ग्रोथ फण्डको ९.९२ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo