images
images

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?


  • 679
    SHARES
  • २०८० आषाढ ३० गते शनिबार

    आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्रि प्रबन्धक  सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो । 

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ । १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा ९ लाख ६० हजार जनाले मात्रै सो शेयर पाएका छन् । 

    कम्पनीको आईपीओमा कुल  ११ लाख ९५ हजार ९३२ आवेदकले आवेदन दिएकोमा ११ लाख ८८ हजार ९ सय ९६ योग्य आवेदक कायम भएका थिए ।

    कम्पनीले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई  ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६।९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६।९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो । सोही आईपीओ शनिबार बाँडफाँट गर्न लागेको कम्पनीले जनाएको छ । 


    images
    images

    Logo