images
images

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?


  • 1.1K
    SHARES
  • २०८० आषाढ २९ गते शुक्रबार

    कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

    काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतदेखि सर्वसाधारणका लागि निष्काशन गरेको शेयरमा ११ लाख बढीले आवेदन दिएका छन् ।  

    सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०५ बजेसम्ममा ११ लाख ८ हजार २ सय ३२ जना आवेदकले १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९० हजार ६० कित्ता शेयरको लागि आवेदन परेको हो । यो मागभन्दा ११७.५४ गुणा बढी आवेदन हो ।

     गोलाप्रथाबाट बाँडफाँट गर्ने क्रममा १० हजार १ सय १५ जनाले १० कित्ताका दरले आईपीओ हात पार्नेछन् । बाँकी १० लाख ९८ हजार १ सय १७ जनाको भने हात खाली हुनेछ । कम्पनीले असार २६ गतेदेखि १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८ सय ६८ कित्ता सेयर निष्कासन खुला गरेको हो । 

    यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १ सय ८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अथात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २ हजार ४ सय ३७ कित्ता कर्मचारीलाई छुट्याइएको थियो । 

    बाँकी १ लाख १ हजार १ सय ५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

     

     

     

     


    images
    images

    Logo