images
images

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय


  • 1.8K
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँटको मिति तय

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट मिति तय भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको सो आईपीओ शनिवार बाँडफाँड हुने भएको हो ।

    कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले शेयर वितरण हुनेछ । १० कित्ताका दरले शेयर बाँडफाँट गर्दा ९ लाख ६० हजार जनाले मात्रै सो शेयर पाउने भएका छन् । 

    कम्पनीले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई  ९६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो । सोही आईपीओ शनिबार बाँडफाँट गर्न लागेको कम्पनीले जनाएको छ । 

     


    images
    images

    Logo