काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) १२.६२ अंकले घटेर २ हजार ८४ दशमलव ९३ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन नेप्सेमा ९३ लाख ८२ हजार ४४० कित्ता शेयर ३ अर्ब ३९ करोड रुपैयाँ बराकरको रकममा कारोवार भएको हो ।
बिहीबार कारोवारमा आएका कम्पनीहरुमध्ये ५४ वटाको शेयरमूल्य बढेको, १६५ वटाको घटेको र ५ वटाको स्थिर रहेको छ । बजारका १३ उपसमूहमध्ये बैंकिङ, होटल तथा पर्यटन र म्युचुअल फन्ड बाहेक अन्य १० उपसमूहको सूचक घटेको छ ।
कारोवारमा आएका कम्पनीहरुमध्ये १०% एनएमबी डिबेन्चर २०८५, १०.२५ एसबीएल डिबेन्चर २०८३ र एनआईबीएल समृद्धि फन्ड–२ को शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बिहीबार कारोवारमा आएकामध्ये शिवम सिमेन्टको कारोवार सबैभन्दा उच्च छ ।