काठमाडौं । नेपाल सरकारको ५ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकमार्फत् निष्कासन गरिएको २०८४‘ट’, २०८५‘ज’, २०८५‘झ’, २०८६‘ङ’ र २०८६‘च’ नामक विकाश ऋणपत्र बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
विकाश ऋणपत्र २०८४‘ट’ २० अर्ब रुपैयाँ बराबरका रहेको छ । यो ऋणपत्रको अवधि ४ वर्ष रहनेछ भने यसमा लगानीकर्ताले ८.९ प्रतिशत व्याजदर पाउँछन् । यो ऋणपत्र २०८० वैशाख ८ गते निष्कासन भएको थियो । यसको सावाँ भुक्तानी २०८४ वैशाख ८ गते हुनेछ ।
विकाश ऋणपत्र २०८५‘ज’ १० अर्ब रुपैयाँ बराबरका रहेको छ । यो ऋणपत्रको अवधि ५ वर्ष रहनेछ भने यसमा लगानीकर्ताले ८.५७ प्रतिशत व्याजदर पाउँछन् । यो ऋणपत्र २०८० जेठ ३ गते निष्कासन भएको थियो । यसको सावाँ भुक्तानी २०८५ जेठ ३ गते हुनेछ ।
त्यस्तै, ५ वर्षको अवधिमा भुक्तानी गर्ने भनी २०८० जेठ १९ गते निष्कासन गरिएको १० अर्ब रुपैयाँ बराबरको २०८५‘झ’ नामक ऋणपत्रमा लगानीकर्ताले २०८५ जेठ १९ मा ८ प्रतिशत व्याजसहित भुक्तानी पाउनेछन् ।
६ वर्ष अवधिको २०८६‘ङ’ र २०८६‘च’ ऋणपत्रमा लगानीकर्ताले क्रमशः ६.९३ प्रतिशत र ६.३५ प्रतिशत पाउनेछन् । ती ऋणपत्रको भुक्तानी क्रमशः २०८६ असार ६ र असार २२ गते हुनेछ ।



