images
images

आइतबारदेखि २ कम्पनीको शेयर कारोबार १५ दिन रोक्का हुने, यस्तो छ कारण


  • 708
    SHARES
  • २०८० आषाढ २८ गते बिहीबार

    आइतबारदेखि २ कम्पनीको शेयर कारोबार १५ दिन रोक्का हुने, यस्तो छ कारण

    काठमाडौं । २ कम्पनीको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । असार ३१ गतेदेखि आशा लघुवित्ता र राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार १५ दिन रोक्का हुने भएको हो । 

    यी दुई लघुवित्तले मर्जर प्रकृया पुरा गरी असार ३१ गतेदेखि आशा लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकिकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का गर्न लागेको हो ।

    ३१ गतेदेखि दुबै कम्पनीले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि दुवै कम्पनीको सम्पुर्ण शेयर कारोबार बन्द गर्न लागेको कम्पनीले जनाएको छ । 


    images
    images

    Logo