काठमाडौं । माण्डु हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले कुल २ लाख ७२ हजार ७ सय ३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ। सो शेयरका लागि ललितपुर जिल्लाको बागमती गाउँपालिका वडा नं। १ र २, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका वडा नं। ५,६, ७ र ८ तथा ईन्द्र सरोबर गाउँपालिका वडा नं। ३ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यस्तै, कम्पनी सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरकोमध्ये १ लाख ३६ हजार ३ सय ६४ कित्ता साधारण शेयर प्रतिकित्ता २०६ रुपैयाँमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।



