images
images

२५ अंकले बढ्यो नेप्से, परिसुचक २०९७. ५५ विन्दुमा 


  • 474
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    २५ अंकले बढ्यो नेप्से, परिसुचक २०९७. ५५ विन्दुमा 

    काठमाडौं । बुधबार नेप्से बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.३१ अंकले बढेर २ हजार ९७ दशमलव ५५ विन्दुमा पुगेको छ । बुधबार २ सय ८९ स्क्रिपको ३ अर्ब १८ करोड रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएको १ सय ८५ कम्पनीको शेयर मुल्य बढेको छ । ३८ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनी स्थिर छ । 

    सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, नेपाल टेलिकमको ८ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टीलरीको ६ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    बुधबार ३ कम्पनकिो शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा शिव श्री हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त र रिभर फल्स पावर कम्पनी रहेका छन् । त्यस्तै, लक्ष्मी इक्विटी फण्डको ९.९९ प्रतिशत र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको ९.९८ प्रतिशतले बढेको छ । 


    images
    images

    Logo