images
images

लक्ष्मी क्यापिटलको म्युचुअल फण्ड साउन ५ गतेदेखि


  • 330
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    लक्ष्मी क्यापिटलको म्युचुअल फण्ड साउन ५ गतेदेखि

    काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको म्युचुअल फण्ड साउन ५ गतेदेखि निष्काशन हुने भएको छ । क्यापिटलले लक्ष्मी भ्यालु फण्ड २ निष्काशन गर्न लागेको हो । 

    क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गर्न लागेको छ। निष्काशित कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।

    उक्त फण्डको इकाईमा  साउन ४ गतेदेखि ढिलोमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईसम्मका लागि आवेदन दिन सकिने छ ।

    फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


    images
    images

    Logo