images
images

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तको एकीकृत कारोबारको मिति तय


  • 450
    SHARES
  • २०८० आषाढ २७ गते बुधबार

    नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तको एकीकृत कारोबारको मिति तय

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तले एकीकृत कारोबारको मिति तय गरेका छन् । मर्जर प्रकृयामा रहेका यी दुवै संस्थाले असार ३० गते देखि एकिकृत कारोबार सुरु गर्ने भएका हुन् ।

    यी दुवै लघुवित्तबिच स्वाप रेसियो १ः०.७३ अुपातमा हुने सहमति भएको छ । यस अनुसार मर्जपछि समिट लघुवित्तको १०० कित्ता शेयर बराबर नेशनलको ७३ कित्ता हुनेछ । मर्जर पश्चात सो संस्थाको एकीकृत कारोबार  नेशनल लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ ।

    यसअघि गत पुस ७ गते मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यी दुई कम्पनीबीच असार ६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

    साथै, यी दुबै कम्पनीले असार ३० गतेदेखि एकिकृत कारोबार गर्ने निर्णय गरेसँगै एकिकृत कारोबार प्रयोजनका लागि असार २९ गते दुबै संस्थाको सम्पुर्ण बैंकिङ सेवाहरु अवरुद्ध गर्ने कम्पनीले जनाएको छ । 


    images
    images

    Logo