काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले दोस्रे चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले कुल १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको १ लाख २१ हजार ८ सय ६८ कित्ता आईपीओ जारी गर्ने भएको छ । जसमध्ये १२ हजार १ सय ८६ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि र ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरीसकेको छ । त्यस्तै २ हजार ४३७ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याई बाँकी रहेको १ लाख १ जार १ सय ५१ कित्ता आईपीओका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा असार २९ गते हुनेछ भने ढिलोमा साउन ९ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।



