images
images

नेप्से करिब स्थिर, ११२ कम्पनीको शेयर मूल्य घट्दा ३ अर्ब ७९ करोडको कारोबार 


  • 423
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    नेप्से करिब स्थिर, ११२ कम्पनीको शेयर मूल्य घट्दा ३ अर्ब ७९ करोडको कारोबार 

    काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक करिब स्थिर रहेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८० अंकले घटेर २ हजार ७६ दशमलव ९६ विन्दुमा पुगेको छ । सोमबार २ सय ९३ स्क्रिपको ३ अर्ब ७९ करोड रुपैयाँ बराबरको १ करोड ११ लाख कित्ता शेयर किनबेच भएको छ । 

    सोमबार नेप्से करिब स्थिर रहेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।आज कारोबारमा आएका १ सय १ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय १२ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्पनकिो शेयर मूल्य सिथर छ । 

    आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । कम्पनीको ३३ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको २४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको संस्थापक शेयरको करिब २५ करोड रुपैयाँ बराबरको कारोबर भएको छ।

    सोमबार कारोबारमा आएको रावा इनर्जि डेभलपमेन्टको ९.९८ प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेण्ड एण्ड बैंकिङ्गको ७.२३ प्रतिशतले बढेको छ । श्वेत गंगा हाइड्रोपावर र अरुण काबेलीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo