images
images

आईएमई लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 384
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    आईएमई लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । आईएमई लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।  । 

    कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ लाख २० हजार कित्ता निष्काशन गर्न गरेको छ।

    जसमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइ बाँडफाँट गरिसकेको छ भने ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, कर्मचारीका लागि ६ लाख कित्ता र बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। 


    images
    images

    Logo