images
images

आईपीओ निष्काशनका लागि २ कम्पनीले पाए बोर्डको अनुमति


  • 497
    SHARES
  • २०८० आषाढ २४ गते आइतबार

    आईपीओ निष्काशनका लागि २ कम्पनीले पाए बोर्डको अनुमति

    काठमाडौं । आईपीओ निष्काशन गर्नका लागि २ कम्पनील नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । आइतबार चिर्खुवा हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युतले आईपीओ निष्काशन गर्न अनुमति पाएका हुन् । 

    चिर्खुवा हाइड्रोपावर लिमिटेडले  १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको छ ।  कम्पनीले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिंगलाई नियुक्त गरेको छ । 

    त्यस्तै, माथिल्लो मैलुङखोला जलविद्युतले २५ करोड बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीकोे शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।


    images
    images

    Logo