काठमाडौं । हकप्रद निष्काशनका लागि सिनर्जी पावरले बुक क्लोजको मिति तय गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले १ः०.५ को अनुपातमा कम्पनीलाई ५० प्रतिशत अर्थात ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।
सो प्रयोजनका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ तसर्थ साउन ११ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले शेयर हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।