images
images

अरुण काबेलीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


  • 837
    SHARES
  • २०८० आषाढ २४ गते आइतबार

    अरुण काबेलीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । अरुण काबेली पावरको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनका लागि असार २५ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    तसर्थ असार २४ गतेसम्म कायम भएका शेयरधनीले मात्र उक्त कम्पनीको हकप्रद शेयर खरिद गर्न सक्नेछन् । 

    कम्पनीले १ः१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ।


    images
    images

    Logo