काठमाडौं । भगवती हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले प्रिमियममा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले कुल ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी प्रतिकित्ता १ सय १६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ। जसमध्ये कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं। १३, १४, २६ र २७ (साविकको पोखरा उप महानगरपालिका वडा नं. १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरमध्ये ८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १ सय १६ रुपैयाँका दरले ८५ हजार ८ सय १० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द स्थानिय बासिन्दाहरुका लागि छिटोमा साउन ७ गते हुनेछ भने ढिलोमा साउन २२ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ७ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।



