images
images

आँखुखोला जलविद्युतको हकप्रद पारित, आँखुखोला–२ जलविद्युत आयोजनमा लगानी गर्ने


  • 538
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    आँखुखोला जलविद्युतको हकप्रद पारित, आँखुखोला–२ जलविद्युत आयोजनमा लगानी गर्ने

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको १५० प्रतिशत हकप्रद सेयर साधारणसभाले पारित गरेको छ । शुक्रबार अर्पण ब्यांक्वेट, नयाँ बानेश्वर काठमाडौमा सम्पन्न १५ औं साधारणसभाले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गरेको हो । 

    कम्पनीले हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्ने छ ।  सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।  

    यस्तै, सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरि पारित गरेको छ ।  यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्नुको साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    सभालाई सम्बोधन गर्दै आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष राम श्रेष्ठले सेयरधनीहरुको हकहितको लागि आफूहरु लागि रहने बताए । सभामा २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनाको बारेमा कम्पनीका सल्लाहकार उत्सव बरालले सेयरधनीहरुलाई जानकारी दिएका थिए ।


    images
    images

    Logo