काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको हो ।
सिनर्जी पावरले चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको छ। कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८ सय ७५ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।