काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ पुनः बिक्री खुला भएको छ । गत असार ४ गतेदेखि स्थगित भएको उक्त कम्पनप्ीको आईपीओ धितोपत्र बोर्डले अनुमति दिएपछि आजदेखि निष्काशन प्रक्रिया पुनः खुला गरेको हो ।
अब सो कम्पनीको आईपीओमा असार २४ गते आवेदन दिन सकिनेछ। सो अवधिमा पुर्ण रुपमा आवेदन नपरेमा आवेदन दिने समय असार ३१ गरिने कम्पनीले जनाएको छ ।
साथै यअ अघि आवेदन दिएका आवेदकहरुले पनि शेयर संख्या थपरघट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा असार २२ गतेदेखि २४ गतेसम्म आफ्नो सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने पनि सो सूचनामा उल्लेख छ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् ।



