images
images

साउन १ गतेदेखि आईपीओ निष्काशन गर्दै सन नेपाल लाइफ


  • 1.5K
    SHARES
  • २०८० आषाढ २२ गते शुक्रबार

    साउन १ गतेदेखि आईपीओ निष्काशन गर्दै सन नेपाल लाइफ

    काठमाडौं । सन नेपाल लाइफले साउन १ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

     ९६ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँका दरले ९६ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।  जसमध्ये ९ लाख ६० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । 

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । उक्त आईपीओमा साउन १५ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । 

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।


    images
    images

    Logo