काठमाडौं । २ कम्पनीको साधारणसभा आज हुँदैछ । शुक्रबार सामुदायिक लघुवित्त र आँखुखोला जलविद्युत कम्पनीले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा सामुदायिक लघुवित्तले आज धुलिखेल लाज रिसोर्टमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, यस वित्तीय संस्था र बिपिडव्लु लघुवित्त वित्तीय संस्था वीच मर्जर कार्यको प्रक्रिया अगाडि बढाउने सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने, संस्थाको जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीले अर्पण व्यांक्वेट बानेश्वरमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले ऋण भुक्तानीको लागि १ः१.५ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ ।
साथै, गणेश हिमाल जलविद्युत आयोजना (२० मेगावाट) मा ६० प्रतिशत लगानीको स्वीकृति गर्ने, कम्पनीको पुँजी वृद्धि गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।



