काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले ७ नयाँ ब्रोकर कम्पनीलाई सदस्यता प्रमाणपत्रसँगै ब्रोकर नम्बर दिएको छ। नेप्सेले बिहीबार सदस्यता प्रमाणपत्र ब्रोकर नम्बर दिएको हो ।
सदस्यताको प्रमाणपत्र पाएसँगै भोले गणेश सेक्युरिटिजले ब्रोकर नम्बर ६१ पाएको छ। त्यस्तै, क्यापिटल म्याक्स सेक्युरिटिजले ब्रोकर नम्बर ६२,हिमालय ब्रोकरेजले ब्रोकर नम्बर ६३, सन सेन्युरिटिजले ब्रोकर नम्बर ६४ पाएको छ।
त्यस्तै, शेयर प्रो सेक्युरिटिजले ब्रोकर नम्बर ६५ पाएको छ भने मियो सेक्युरिटिजले ब्रोकर नम्बर ६६ र प्रोपर्टी विजार्ड लिमिटेड ब्रोकर नम्बर ६७ पाएका छन् ।
यी कम्पनीले अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि कारोबार सुरु गर्न सक्ने छन्। नेप्सेबाट अझै १० कम्पनीले सदस्यता पाउन बाँकी छ। नेप्सेले तोकिएको मापदण्ड पुर्याएका अन्य ब्रोकर कम्पनीलाई पनि सदस्यता प्रदान गर्ने छ ।



