काठमाडौं । आईएमई लाइफको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले १ लाख २० हजार कित्ता निष्काशन गर्न लागेको छ।
जसमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइ बाँडफाँट गरिसकेको छ भने ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि, कर्मचारीका लागि ६ लाख कित्ता र बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सो आईपीओ निष्काशन बन्द छिटोमा असार २५ गते र ढिलोमा साउन ४ हुनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।



