काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले नयाँ ब्रोकरलाई सदस्यता दिने निर्णय गरेको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिको वैठकले सो निर्णय गरेको हो ।
तोकिएको मापदण्ड पुर्याएका सबै ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गर्ने भएको छ । बैठकले सो निर्णय गरेसँगै अब नेप्सेबाट ब्रोकरहरुले सदस्यता लिने बाटो खुलेको छ ।
नेपाल धितोपत्र बोर्डले जेठ ८ गते ७ नयाँ कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स प्रदान गरेको थियो । त्यस्तै धितोपत्र बोर्डले दोस्रो चरणमा ११ कम्पनीलाई ब्रोकर लाईसेन्स दिएको छ । जेठ २२ गते ११ कम्पनीले लाईसेन्स पाएका छन्।
साथै, सो बैठकले नेप्से ३० इन्डेक्स को आन्तरिक परिक्षणको लागि स्वीकृति पनि दिएको छ ।