काठमाडौं । बुधबार नेप्से घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.२६ अंकले घटेर २ हजार ४९ दशमलव ४४ विन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका २ सय ७७ स्क्रिपका ३ अर्ब ७ करोड रुपैयाँको ८० लाख ९२ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिन साढे २ अर्बको कारोबार भएको थियो । आज १४ कम्पनीको शेयर मुल्य बढेको छ । २ सय ८ कम्पनीको शेयर मूलय घटेको छ भने २ कम्पनी स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेका छन्। आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सिटी होटल ९.९९ प्रतिशत, रावा इनर्जि डेपलपमेन्ट ९.९९ प्रतिशत, सिटिजन म्युचुअल फण्ड ४.१७ प्रतिशत, प्रोग्रेशिक फाइनान्स २.७६ प्रतिशत र नेपाल फाइनान्स २.६६ प्रतिशतले बढेको छ । त्यस्तै, यसै दिनदेखि कारोबारमा आएका दुई स्टकमध्ये रावा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा मोदी इनर्जीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन बिपिडब्लु लघुवित्तको शेयर पनि १० प्रतिशत घटेर कारोबार भएको छ।



