images
images

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तय 


  • 1.1K
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तय 

    काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार २२ गते अथात् शुक्रबार हुने भएको हो ।  बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल  अनुसार आइपीओ प्रिअलोटमेन्ट सम्पन्न गरी शुक्रबार आईपीओ बाँडफाँड गर्ने भएको हो । आईपीओ समय भने तोकिएको छैन् । 

    कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४ सय ६३ जना आवेदकले १ करोड ३९ लाख ६४ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट बाँडफाँड हुनेछ ।

    कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशतले दरले हुने आउने २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई निष्काशन गरिसकेको छ ।

    बाँकी २९.५५ प्रतिशत अर्थात ६ लाख ५० हजार कित्ता शेयरको १० प्रतिशत अर्थात ६५ हजार कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ३२ हजार ५ सय कित्ता सामुहित लगानी कोषलाई र २ प्रतिशत अर्थात १३ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्टाइएको छ । 

    त्यस पश्चात बाँकी रहेको ५ लाख ३९ हजार ५ सय कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । कम्पनीको आईपीओमा आवेदन गर्ने ५३ हजार ९ सय ५० जनाले मात्रै १० कित्ताको दरले शेयर पाउने भएका छन्। बाँकी १२ लाख २८ हजार ५ सय १३ जनाको भने हात खालि हुने छ।

     

     


    images
    images

    Logo