काठमाडौं । आजदेखि २ कम्पनीले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जर प्रकृया सकेर धौलागिरि लघुवित्त र खप्तड लघुवित्तले आजदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
दुबै कम्पनीले मर्जर पश्चात धौलागिरि लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका छन् । यी दुबै कम्पनीले गत मंसिर १८ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका थिए । सम्झौता अनुसार १ः०.७५ अुपातमा गाभिने सहमति भएको छ । अर्थात खप्तड लघुवित्तको १०० कित्ता हुनेले मर्जर पश्चात बन्ने धौलागिरी लघुवित्त वित्तीय संस्थाको ७५ कित्ता मात्रै शेयर प्राप्त गर्नेछन् ।
राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बागलुङ नगरपालिका–२ श्रीनगर टोल, बागलुङस्थित रजिष्टर्ड कार्यालयबाट आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा छ ।
मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ नगरपालिकामा रहने छ ।



