images
images

दुई कम्पनीका शेयर कारोबार रोक्का


  • 2.0K
    SHARES
  • २०८० आषाढ १९ गते मंगलबार

    दुई कम्पनीका शेयर कारोबार रोक्का

    काठमाडौं । नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का गर्ने भएको छ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्त एक आपस मर्जर भएपछि असार २० गतेदेखि एकीकृत कारोबार गर्ने भएकाले भोली देखि शेयर कारोबार रोक्का हुने भएको हो । 

    दुवै लघुवित्त मर्जर भएपछि असार २० गतेदेखि धौलागिरी लघुवित्तको नाममा एकीकृत कारोबार हुने भएको छ । नेप्सेले सोही क्रममा दुवै कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । २१ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको कम्पनीले जनाएको छ । 

    यी दुवै लघुवित्तबिच स्वाप रेसियो १ः०.७५ अुपातमा हुने सहमति भएको छ । दुई संस्थाबीच मर्जर सम्बन्धी समझदारी पत्रमा मंसिर १८ गते हस्ताक्षर भएको थियो। पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका थिए।

    नेपाल धितोपत्र बोर्डले दुबै कम्पनीले असार ६ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै मर्जर पश्चात कायम हुने संस्थाको केन्द्रीय कार्यालय बाग्लुङ्ग नगरपालिका वडा नं. २, बाग्लुङ्ग रहनेछ ।

    1688463732054_page-0001.jpg

     


    images
    images

    Logo