काठमाडौं । लगातार ३ दिन घटेको बजारमा आज मंगलबार ब्रेक लागेको छ । गत साताको अन्तिम दिनदेखि घटेको बजारमा आज सामान्य अंकले बढेर ब्रेक लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अंकले बढेर २ हजार ८८ दशमलव ७० विन्दुमा पुगेको छ ।
मंगलबार २ सय ८२ स्क्रिपको २ अर्ब ५७ करोड रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार ४ अर्ब २ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २।३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।आज १ सय ४५ कम्पनीको शेयर मूल्य बढेको छ । ७२ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर छ ।
मंगलबार सवैभन्दा धेरै नागरिक लगानी कोषको कारोबार भएको छ । नागरिक लगानी कोषको १२ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इस्योरेन्सको ११ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, शिबम् सिमेन्टको ११ करोड १६ लाख र सोल्टी होटलको ७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सिटी होटलको ९.९८ प्रतिशत, मानुषी लघुवित्तको ६.१५ प्रतिशत, सिंगटी हाइड्रोपावरको ५.९५ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ४.७० प्रतिशत र नेष्डो समृद्ध लघुवित्त, ४.६६ प्रतिशतले बढेको छ ।



