काठमाडौं । आईपीओ निष्काशनको लागि ५ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसरी अनुमति पाउनेमा हाथवे इन्भेष्टमेण्ट नेपाल, मिड सोलु हाइड्रोपावर, मान्डु हाइड्रोपावर, सन् नेपाल लाइफ इस्योरेन्स र सिटिजन लाइफ इस्योरेन्स रहेका छन् ।
हाथवे इन्भेष्टमेण्ट नेपालले २९ लाख २५ हजार कित्ता आईपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको छ । कम्पनीले असार १७ गते आईपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेका छ ।
त्यस्तै, मिड सोलु हाइड्रोपावरले अकिंत मुल्य १ सयमा १४ लाख ९६ हजार ८ सय कित्ता आईपीओ आईपीओ निष्काशन गर्नेछ । कम्पनीले असार १८ गते अनुमति बोर्डबाट अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ ।
त्यसैगरी, मान्डु हाइड्रोपावरले १०० अकिंत दरमा १०६ रुपैयाँ प्रिमियम रकम थप गरी १६ लाख ३६ हजार ३ सय ७० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीले असार १८ गते अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
त्यस्तै, सन् नेपाल लाइफ इस्योरेन्सले १०० अकिंत दरमा १३९ रुपैयाँ प्रिमियम रकम थप गरी ९६ लाख कित्ता आईपीओ निष्काशन गर्ने छ । कम्पनीले असार १९ गते अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैकिङ रहेको छ ।
सिटिजन लाइफ इस्योरेन्सको १ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ निष्काशनको लागि अनुमति पाएको हो । कप्मनीको विक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।



